सिंहदरबारमै बिजुली गएपछि मोबाइल बालेर बैठक   


२०८२ जेठ २ शुक्रबार ०५:१४ बजे

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली गएको छ।आज (शुक्रबार) पनि बिहीबार जस्तै देशैभरि विद्युत् आपूर्तिमा समस्या  देखिएको हो । झ्याप्प–झ्याप्प बत्ती जाने समस्याले सर्वसाधारण हैरान भएका छन् ।  

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला बिजुली गएपछि मोबाइल फोन बालेर बैठकलाई निरन्तरता दिइएको हो । बैठकमा सहभागी एक सांसदका अनुसार, करिब ५ मिनेटअघिदेखि विजुली अबरुद्ध हुँदा मोबाइलको बत्ती बालेर बैठकलाई निरन्तरता दिइएको थियो । अहिले उपसमितिमा शिक्षा विधेयकबारे छलफल भइरहेको छ । शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई अघि बढाउन प्राथमिकता दिइरहेको छ ।

शुक्रबार पनि सर्वसाधारणले पटक–पटक यस्तो समस्या झेलेका छन् । भारतबाट नेपालमा भइरहेको बिजुली आयातमा समस्या आउँदा अवरोध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणमा नेतृत्व फेरिएसँगै यस्तो समस्या बढेको आरोप लागेको छ । सरकारले दुई महिनाअघि कुलमान घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो । शाक्यले शुक्रबार पत्रकार सम्मेलन गरी बत्ती जाने समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७