उत्तरी धादिङस्थित सिङलाको सान (फोटोफिचर)


२०८२ जेठ १ बिहीबार ०४:५६ बजे

धादिङ । अग्ला डाँडाकाडाँमाथि लमतन्न परेका फराकिला पाटन अनि आँखै अगाडी ठोक्किने गणेश हिमाल, लाङटाङ हिमाल, पाल्दोर पिक, मनास्लु हिमाल लगायतका हिमशृङ्खलाको रमणीय दृश्यले जो कोहीलाई लोभ्याइहाल्छ । आन्तरिक तथा वाह्य पर्यटकीय सम्भावना बोकेको धार्मिक, संस्कृतिक र पर्यटकीय संभावना बोकेको छ ।


यो मनमोहक दृश्यावलोकनका लागि नयाँ ठाउँको खोजीमा हुनुहुन्छ भने समुन्द्री सतहदेखि ४,०४० मिटर उचाइमा रहेको धादिङ, नुवाकोट र रसुवाको संगमस्थलमा पर्ने सिंङला क्षेत्र उक्लिए पुग्छ । पर्यटकिय गन्तव्यको प्रचुर सम्भावना बोकेको सिङलाले सदियौंदेखि धार्मिक महत्व बोक्दै आएको छ ।

यसका लागि पाँचदेखि एकहप्तासम्मको यात्रा तय गरे पुग्छ । राजधानी काठमाडौंदेखि त्यहाँसम्म पुग्न तीनवटै जिल्ला मध्ये जुनै जिल्लाको रुट लिए हुन्छ । धादिङ भएर जानेका लागि काठमाडौंदेखि धादिङबेसी हुदै खनियाँबास –१ झार्लाङ गाउँसम्म सडक यात्राको पहुँच छ ।


 समुन्द्री सतहदेखि करिब १६०० मिटर उचाइमा रहेको झार्लाङबाट सिङलाको पैदल यात्रा सुरु हुन्छ । गाउँबाटै ढुंगा बिच्छ्याएर बनाइएका सिढीहरु भएर उक्लिनुपर्छ । हरियाली जंगल, जंगली जनावर र डाँडाकाडाँको दृश्यमा रमाउदै उचाइमा उक्लिदै जादा कतै पोखरी त कतै खर्क भेटिन्छन् । तीर्थयात्री, पर्यटक तथा बटुवाहरुको सहजताका लागि ठाउँ ठाउँका बास बस्ने खर्क बनाइएका छन् ।

 हिड्न सक्नेले एकैदिनमा झार्लाङबाट मच्यात खर्क पुग्न सक्छन् । विस्तारै हिड्नेले दुई दिनको यात्रा तय गरे उपयुक्त हुन्छ । मच्यातबाट दुई देखि तीन घण्टा उकालो लागेपछि सिंङ्ला पुगिन्छ । सिंङ्लामा भने बिहानै उठेर जादा उपयुक्त हुन्छ । विहान मौसम खुल्ने सम्भावना धेरै हुन्छ । पाटनै पाटन सबेरै उकालो लाग्दा झुल्के घामको दृश्यपान गर्न पाइन्छ ।

सिंङ्लामा पुग्दासम्म सेताम्मे हिमशृङ्खलाको खुलिसकेको हुन्छ । सिंङ्लाको टुप्पोमा बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र सिंङ्ला माने छ । यहाँ बुद्धजयन्ती र जनैपुर्णिमाका बेला मेला लाग्छ । सिंङ्लामा दिनभर घुमेर फर्केपछि मच्यात खर्कमा नै बाँस बसे हुन्छ । नभए केही घण्टा घुमेर झार्लाङ नै फर्कन सकिन्छ ।


या त रुवी भ्याली जान सकिन्छ । रसुवाको स्याफ्रुबेसी तथा नुवाकोट पनि जान सकिन्छ । सिङला यात्रामा खानाखाजा पसल नभेटिने हुदा पदयात्री÷पर्यटक आफैले बस्दोबस्त गरेर हिड्नुपर्ने हुन्छ । मनसुनको सिजनमा खानेपानीको समस्या खासै नहुने भएपनि अन्य सिजनमा भने पानीको जोहो पनि आफैले गर्नुपर्ने हुन्छ । सिंङ्ला जादा प्राकृतिक सौन्दर्यतामात्रै होइन आदिबासी जनजाती समुदाय अन्तर्गत गर्ने तामाङ जातिको बाहुल्य रहेकाले यो समुदायको संस्कार, संस्कृति, भेषभुषा, परम्पराको अवलोकन गर्न पाइन्छ । 

बुद्ध जयन्तीको अवसर पारेर सिङला पर्यटन क्षेत्र विकास समाजको आयोजनामा यही बैशाख २७ देखि २९ गतेसम्म ‘सिंङला प्रथम पर्यटन मेला’ सम्पन्न भएको छ । सिङलाको पर्यटकीय सम्भावनाको प्रवद्र्धन गर्दै देश तथा विदेशका पर्यटकहरु भित्र्याउने उदेश्यले पहिलो पटक मेला आयोजना गरिएको समाजका अध्यक्ष मंगलबहादुर तामाङले बताए ।


 ‘पहिलेदेखि नै पछाडी पारिएको यस धादिङको उत्तरी क्षेत्र खनियाँबास, रुवी भ्याल्ली लगायत स्थानहरुलाई पर्यटनमा जोडेर यस क्षेत्रलाई देशविदेशमा चिनाउने, पर्यटक ल्याउने, रोजगारीको सिर्जना गर्ने, स्थानीय उत्पादन 'कृषि० को प्रवद्र्धन गर्ने र यहाँको जिवनस्तर उकास्ने लक्ष्य राखेर गुरुयोजना नै बनाउने गरी अगाडी बढेका छौं,’ उनले भने, ‘यो पहिलो प्रयास हो, यसलाई निरन्तरता दिन स्थानीय सरकारदेखि केन्द्र सरकारको सहयोग र समन्वय जरुरी छ ।’ 

तस्बिरहरु

 


 

लेखक चिनारी

प्रविन कुलुङ राई
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७