काठमाडौंबाट पोखरा गएको माइक्रो दुर्घटना, तीन जनाको मृत्यु


२०८२ बैशाख ३१ बुधबार २३:५९ बजे

पोखरा । कास्कीको पोखरा महानगरपालिका– ३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की, हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ छिन्। एक जना पुरुष र अर्की महिलाको सनाखत हुन सकेको छैन ।

काठमाडौंबाट यात्रुसहित ११ जना सवार ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । दुर्घटनामा परी थप आठ जना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेको माइक्रो सडकदेखि करिब ३५ मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७