जाजरकोट कारागारभित्रै थुनुवा मृत भेटिए

जाजरकोट । जाजरकोट कारागारभित्र एक थुनुवा मृत्त भेटिएका छन्। थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढाले आइतबार बिहान कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्तप्रसाद शर्माका अनुसार उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएका थिए।
मुद्दाको फैसला आउनुअघि नै उनले आत्महत्या गरेका हुन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ डीएसपी शर्माले भने, ‘मुचुल्का उठाउने र प्रमाण संकलनको काम भइरहेको छ।’ दीपकले आत्महत्या गर्नुको कारण खुल्न बाँकी छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।