श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते


२०८२ बैशाख २८ आइतबार ०९:०४ बजे

काठमाडौं । श्रीलङ्काको कोटमाले क्षेत्रमा तीर्थयात्री चढेको बस भीरबाट खस्दा २१ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा अन्य १४ जना गम्भीर घाइते भएका छन् ।

बसमा क्षमताभन्दा बढी करिब ७० जना यात्रु सवार थिए । प्रहरीका अनुसार दुर्घटनाको कारण यान्त्रिक गडबडी वा चालकको असावधानी हुनसक्ने अनुमान गरिएको छ । मृतकमध्ये १५ जनाको घटनास्थलमै र अन्यको अस्पतालमा मृत्यु भएको हो । उक्त बस दक्षिणी तीर्थस्थल कातारागामाबाट कुरुनेगालातर्फ जाँदै थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७