भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास

आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’


०४:०० बजे

काठमाडौं । पाकिस्तान र भारतबीच युद्ध चर्किदै गएको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतले विफल बनाइदिएको छ । बिहीबार जम्मु कश्मिरस्थित हवाई अड्डामा पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतको डीफेन्स युनिटले विफल बनाइदिएको हो । युद्धका कारण सीमा क्षेत्रमा त्रास सिर्जना भएको छ ।

भारतीय सेनाले दिएको जानकारीअनुसार पाकिस्तानको एफ–१६ जेटलाई भारतले विफल बनाएको हो । भारतको एस–४०० डीफेन्स सिस्टमले पाकिस्तानले प्रहार गरेको ८ मिसाइललाई विफल बनाएको भारतीय सेनाले दाबी गरेको छ। यसैबीच धर्मशालामा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को खेल पनि रद्द गरिएको छ । पञ्जाब र दिल्लीबीच भइरहेको खेल १०.१ ओभर खेलेपछि रद्द गरिएको हो । सुरक्षाको कारण देखाउँदै बीसीसीआईले खेल रद्द गरिएको जानकारी दिएको छ ।

भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएपछि भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको थियो । पाकिस्तानको विभिन्न ९ क्षेत्रमा हवाई आक्रमण गरी भारतले आतंकवादको संरचनालाई परास्त गरेको बताएको छ । उक्त कारबाहीमा २६ जनाको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७