ललितपुर महानगरमा शुक्रबार सार्वजनिक बिदा


०४:२० बजे

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ। यही वैशाख १८ गतेको नगर कार्यपालिकाको बैठकको निर्णयानुसार भोलि स्थानीय बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिएकी छ । 

रातो मच्छिन्द्रनाथ रथजात्राको रथ तान्ने अवसरमा महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा दिइएको उनले बताएकी छन् । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा शुक्रबार लगनखेलमा नरिवल खसाल्ने शुभ मुहूर्त रहेकोले महानगरले उक्त कार्यक्रममा सहभागी हुन नगरवासीलाई आह्वान समेत गरेको छ ।

‘यस ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक श्री रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिने धार्मिक महत्त्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय भए बमोजिम मिति २०८२-०१-२६ गते तदनुसार ने.सं. ११४५ बछलाथ्व द्वादशीका दिन नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सो दिन ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७