मन्त्रिपरिषद वैठकअघि कांग्रेस–एमालेका शीर्ष नेताहरुको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो ।
छलफलमा सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पैडेल सहभागी छन्। छलफलमा प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी छन् । लगत्तै अहिले मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि दुई दलका शीर्ष नेताबीच भएको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ ।