कांग्रेस संसदीय दलको बैठकले के–के गर्‍यो निर्णय ?


०७:०५ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले कांग्रेसले चाहेका कुराहरु पनि समेटिएर आएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् ।

बैठकले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न पनि निर्देशन दिएको उनले बताए । विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात गर्दै समिति र संसदमा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले सुनाए ।

यस्तै बैठकले शिक्षकहरुसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए । सांसदहरुले नीति तथा कार्यक्रम र बजेटको विषयमा केही आशंका गरेर कुरा उठाएको भए पनि मन्त्रीहरुले विभेद नगर्ने प्रतिबद्धता बैठकमा गरेको प्रमुख सचेतक घिमिरेले सुनाए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७