जनमत र नाउपाबीच आज एकता घोषणा हुँदै, बन्दै ‘नाजपा’


२०८२ बैशाख १८ बुधबार १२:२० बजे

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) एकता घोषणा हुँदैछ।  दुवै पार्टी एकताका लागि करिब दुई वर्षदेखि प्रयासरत थिए। दुई दलको यसअघिको सहमति अनुसार आज दिउँसो ११ बजे एकीकरण भएको घोषणा गर्न लागिएको हो ।

पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तह र संघ–संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। यसअघि दुई पार्टीबीचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो । अन्ततः दुवै पार्टीबीच एकता हुने निश्चित भएको हो।  

नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहने छन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष्ठ रहने सहमति भएको छ ।

पार्टीको नाम नागरिक जनमत रहनेछ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको बताइएको छ । पार्टी एकता भएपछि संघीय संसदमा नागरिक जनमत पार्टीको १० सिट हुनेछ । हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७