इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

पर्सा । पर्सामा इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका– ५ का रुस्तम मियाकी ५ वर्षीया छोरी नेहा खातुन र मुकतार मियाकी छोरी ४ वर्षीया आसिया खातुन छन् ।
उनीहरूको पर्सागढी नगरपालिका– ५ बहुअर्वास्थित हीरा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको हो । डुबेर अशक्त भएका उनीहरूको नारायणी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।