तीनकुने घटना सरकारको योजनामा : नवराज सुवेदी

काठमाडौं । राजसंस्था पुनर्स्थापना समितिका संयोजक नवराज सुवेदीले तीनकुने घटना सरकारको योजनामा भएको आरोप लगाएका छन् । उनले काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘अत्याचारी सरकार छ । चैत १५ गतेको घटना सरकारको कदम थियो । कार्यक्रम सुरु हुनुअघि राष्ट्रिय गान बजाइरहेको बेलामा गोली प्रहार गरियो । अश्रु ग्यास प्रहार गर्यो । त्यो बेलामा हामी राजावादीहरुलाई अत्याचार गरे भनेर देखाउन खोजियो । तर हिजो शिक्षक आन्दोलनमा देखियो’, उनले भने ।
सरकार गुण्डाहरूको हुल, प्रचण्ड बेइमान !
राजावादी समूहका नेता केशरबहादुर विष्टले सरकारलाई गुण्डाहरूको हुलको संज्ञा दिएका छन् । उनले राप्रपा नेपालले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरूको हुल भयो । प्रहरी नेतृत्वले सुन्थ्यो यो त पार्टीको कार्यकर्ता भयो, सीडीओ दलको कार्यकर्ता भयो । हामीलाई देशको प्रशासन चाहियो । आईजीपीको त के कुरा प्रचण्ड होस गर !’ उनले प्रचण्डलाई बेइमान भएको आरोप लगाएका छन् । ‘प्रचण्ड मात्तिएर हान्ने राँगो भएछन्’, उनले भने, ‘यो राजालाई राजै होइन भन्छन् । बेइमान !’