छोराको मृत्यु, आमा गम्भीर


२०८२ बैशाख १६ सोमबार १६:४१ बजे

सप्तरी । सप्तरीको राजविराजमा विष सेवनबाट छोराको मृत्यु भएको छ भने आमा गम्भीर बनेकी छन् । सप्तरीको राजविराज नगरपालिका–१ चनौरामा एक आमाले छोरालाई विष खुवाएर आफूले समेत विष सेवन गरेकी हुन् । विष सेवनपछि चार वर्षीय छोराको मृत्यु भएको छ भने आमा गम्भीर बिरामी भएकी छन् ।

घरायसी विवाद हुँदा २५ वर्षीया काजलदेवी साफीले आइतबार साँझ आफ्ना छोरा सौरभकुमार साफीलाई विष खुवाएकी थिइन् । विष खुवाउँदा सिकिस्त भएका सौरभलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँदा त्यहाँ पनि उपचार सम्भव हुन सकेन । त्यहाँबाट उनलाई नोबेल अस्पताल विराटनगर रिफर गरिएको थियो ।

उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । विष सेवन गरेकी काजलको नोबेल अस्पतालमै उपचार भइरहेको छ भने उनको पनि अवस्था गम्भीर रहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७