भारतका रक्षामन्त्री सिंहसँग पूर्व प्रधानमन्त्री भट्टराईको भेट, के भयो कुराकानी ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका भट्टराईसँग रक्षामन्त्री सिंहको आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको छ ।
साथै डा. भट्टराईद्वारा हालै पहलगाम, काश्मिरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा छन् ।