भद्र आन्दोलन गरीरहेका गुरुहरुको टाउकोमा प्रहरीको लाठी (फोटो फिचर)

काठमाडौं : गत २४ दिन अघि भद्र आन्दोलन गरीरहेका शिक्षकहरुको आन्दोलनमाथि आइतबार दमन भएको छ । आइतबार काठमाडौंको बानेश्वर क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप हुँदा २३ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । शिक्षक महासंघले भने ६२ जना शिक्षकहरु घाइते भएको जनाएको छ ।
उनीहरूको सिभिल अस्पालत र एभरेस्ट अस्पतालसहित फरकफरक ठाउँमा उपचार भइरहेको छ । आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने भएको छ ।
स्वास्थ्य मन्त्रालयले घाइते शिक्षकलाई ट्रमा सेन्टरमा निशुल्क उपचार गर्ने निर्णय गरेपछि अन्य अस्पतालमा रहेका घाइतेलाई पनि ट्रमा सेन्टरमा सार्न लागिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
चैत्र २० गते देखि शान्तिपूर्ण आन्दोलन गर्दै आएको शिक्षकहरुले आइतबार निशेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । शिक्षकले निशेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरा र लाठि चार्च गरेका थिए । प्रहरीले सडक पेटीमा उभिएका शिक्षकहरू माथि समेत अन्धाधुन्ध लाठी प्रहार गरेका थिए । यसअघि शिक्षकहरुले २५ औं दिनसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका थिए ।
शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार स्वयंसेवक टोलीमाथि प्रहरीले लाठी प्रहार गरेपछि अवस्था उत्तेजित भएको हो ।
आन्दोलन थप सशक्त बनाउन
नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित सडक आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
महासंघको आइतबार बसेको बैठकले आइतबार भएको प्रर्दशनमा प्रहरीले आक्रमण गरेपछि थप सशक्त बनाउने घोषणा गरेको हो । संघले प्रहरीले गरेको दमनको घोर भ ना समेत गरेको छ ।
महासंघले आन्दोलनलाई थप सशक्त बनाउनका लागि शिक्षक तथा कर्मचारीलाई काठमाडौं बोलाउने भएको छ । विद्यालय खोल्न निर्देशन दिईरहेका पालिकाहरूलाई विद्यालयको साचो बुझाएर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेको छ । विद्यालय खोल्न दबाब दिने पालिकालाई विद्यालयको साचो बुझाएर काठमाडौं आउन प्रधानाध्यापकहरूलाई अनुरोध गरिएको बताए ।
त्यस्तै शिक्षक महासंघले पेश गरेको ९ बुदाहरू मन्त्रिपरिषदबाट तत्काल पारित गराउन ताकेता गर्ने समेत निर्णय गरेको छ ।
तस्बिर : चन्द्र बहादुर राई