शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौं : गगन थापा


२०८२ बैशाख १५ आइतबार ०६:०२ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले शिक्षकहरूको आवाजलाई दमनबाट नभई संवादबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले शिक्षक र प्रहरीबीच झडप हुनु दुःखद र चिन्ताजनक रहेको बताएका छन् ।

‘विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबीच भएको झडप दुःखद र चिन्ताजनक छ । लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो,’ उनले भनेका छन् । थापाले सहमतिको आधारमा निर्णय गरी शिक्षकहरूलाई कक्षाकोठामा फर्किने वातावरण बनाउन काम गर्नुपर्ने बताएका छन् ।

‘राज्यसँग आग्रह छ, शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौं । आन्दोलनरत शिक्षकहरूसँग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्किने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नुपर्ने छ, त्यही गरौं,’ उनले भने ।

आइतबारको प्रदर्शनमा शिक्षक र प्रहरीबीच झडप भएको थियो। झडप भएपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । जसमा एक जना पत्रकारसहित २३ जना घाइते भएको प्रहरीले जनाएको छ । तीन जना सुरक्षाकर्मी र केही शिक्षक घाइते भएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७