प्रहरीसँग झडपपछि शिक्षक महासंघको आकस्मिक बैठक


२०८२ बैशाख १५ आइतबार ०५:०८ बजे

काठमडौं । नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ । नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो। आइतबार बानेश्वरमा भएको प्रदर्शनमा प्रहरी दमन भएपछि यसको समीक्षा गर्न महासंघको बैठक बसेको हो। 

महासंघका महासचिव तुलाबहादुर थापाले आफ्नो आन्दोलनमाथि दमनभएपछि त्यसबारे छलफल गर्न बैठक बसिरहेको जानकारी दिए । महासंघले प्रहरीसँगको झडपमा ६२ जना शिक्षक घाइते भएको बताएको छ। निषेधित क्षेत्र तोड्न खोजेका कारण झडप भएको प्रहरीले दाबी गरेको छ भने शिक्षक महासंघले भने आफ्नो आन्दोलमा सरकारले घुसपैठ गराएको बताएको छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७