भारतबाट राणाले भने–एकपल्ट जनता जुरुक्क उठ्नु पर्ने बेला आएको छ
2025-04-21-08-41-54.jpg)
काठमाडौं । आफ्नो उपचारका लागि भारतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले एकपल्ट जनता जुरुक्क उठ्नु पर्ने बेला आएको बताएका छन् । भोलि (सोमबार) काठमाडौँको प्रदर्शनी मार्गमा जनप्रदर्शन हुन लागेको भन्दै उनले एक पटक जनता जुरुक्क उठ्नुपर्ने बेला आएको बताएका हुन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘देशले अहिले परिवर्तन खोजेको छ, जनता स्थिरता र समृद्धिको पक्षमा छन् । देश र जनतालाई केन्द्रमा राखेर एक पटक सम्पूर्ण जनता जुरुक्क उठ्नुपर्ने बेला आएको छ ।’ चैत १५ गते राजसंस्था पक्षधरले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहाई गर्न माग गर्दै राप्रपाले सोमबार जनप्रदर्शन गर्न लागेको राणाले बताएका छन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका उनी पनि तीनकुने घटनामा पक्राउ परेका थिए । स्वास्थ्यको कारण देखाउँदै उनलाई भने प्रहरीले छाडेको थियो । उनले उपचारपश्चात आजै स्वदेश फर्किन लागेको पनि बताएका छन् ।