गगनलाई धन्यवाद दिँदै वर्षमानले भने–सरकार बिचौलियाले चलाएको पुष्टि गरिदिनु भयो

‘प्रतिगामी झण्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन्’


२०८२ बैशाख १३ शुक्रबार २२:०२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले कांग्रेस महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन् ।  आज (शुक्रबार) प्रतिनिधि सभा बैठकमा पुनले सरकारको बारेमा  कांग्रेस महामन्त्रीले सत्य बोलेको भन्दै थापालाई धन्यवाद दिएका हुन् । 

‘सत्तारूढ पार्टीका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले नै विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरूमसँम्मै छ भन्नु भयो,’ उनले भने, ‘ढिलै भए पनि सत्य बोल्नु भएकोमा धन्यवाद ।’ पुनले प्रतिपक्षले र सत्तापक्षका केही नेताहरूले मात्र नभई सार्वजनिक मञ्च र जनताले समेत सरकारलाई विचौलिया र स्वार्थ समूहको सरकार भनेको बताए । 

माओवादीले सुरूदेखि नै भन्दै आए पनि त्यसलाई सरकारबाट बाहिरिनुको छटपटी भनिएकोमा पुनले खण्डन गरे । ‘१० महिनाको अवधिले हामीले गरेको दाबी सत्ताबाट बाहिरनु पर्दाको पीडा वा प्रतिपक्षले लगाउने कर्मकाण्डी आरोप थिएन भन्ने कुरा सरकारको एकपछि अर्को व्यवहारले पुष्टि गरेको छ,’ उनले भने । १० महिनासम्म विचौलियाको संरक्षण र प्रतिपक्षको विरोध मात्रै गरेर ब्यतित गरेको पुनको भनाइ छ । 

‘प्रतिगामी झण्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन्’
नेकपा माओवादी केन्द्रले प्रतिगामी झण्डा उठाउने व्यक्तिहरू प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निकटका भएका बताएको छ । पार्टीको तर्फबाट धारणा राख्दै उपमहासचिव वर्षमान पुनले आफू निकटकाले प्रतिगामी झण्डा उठाएकोबारे आत्मसमीक्षा गर्नुभएको छ भन्दै प्रश्न गरे । उनले भने, ‘प्रतिगामी झण्डा उठाउने एमालेका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद छन् । केही प्रधानमन्त्री ज्यूका चुनावी सहकर्मी छन् । यसमा प्रधानमन्त्री ज्यूले आत्मसमीक्षा गर्नुभएको छ ?’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७