शिक्षक महासंघले भन्यो–निजामतीले परीक्षा लिओस्, कापी जाँच पनि उसैले गरोस्

परीक्षा र आन्दोलनबारे थप निर्णय गर्न महासंघको बैठक


२०८२ बैशाख १० मंगलबार १७:१४ बजे

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने निर्णय गरिसकेको छ । तर, उक्त परीक्षामा शिक्षकहरूको कुनै पनि सहभागिता नरहने नेपाल शिक्षक महासंघले जनाएको छ।

महासंघले शिक्षकहरूलाई केन्द्राध्यक्ष र निरीक्षक रूपमा नबस्न भनेको छ । शिक्षककै उपस्थिति विना पनि महासंघले मंगलबार बिहान बोर्ड बैठक राख्दै परीक्षा नसार्ने निर्णय गरेको थियो। ‘शिक्षकहरू परीक्षामा सामेल हुँदैनन्,’ महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘निजामतीले परीक्षा लिओस् कापी जाँच पनि उसैले गरोस्, शिक्षकहरू ऐनका लागि सडकमा लड्दा उनीहरूमाथि प्रश्न उठाउनु गलत हो ।’

परीक्षा र आन्दोलनबारे थप निर्णय गर्न महासंघको बैठक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेपछि आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक सुरु भएको छ ।  रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बैठक सुरु भएको नेपाल शिक्षक संघ सोलुखुम्बु जिल्ला अध्यक्ष मदन राईले जानकारी दिएका छन् । ‘महासंघको बैठक सुरु भएको छ । विशेष गरी आजको बैठक २१ दिनदेखि जारी शिक्षक आन्दोलन र १२ कक्षाको परीक्षा केन्द्रित छ’, उनले भने ।  आज बिहान बोर्डले आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको थियो ।  बोर्डले निजामती कर्मचारीलाई परिचालन गरेर परीक्षा लिने भएपछि महासंघले आपत्ति जनाएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७