१८ जना सहसचिवमा सिफारिस (सूचीसहित)


२०८१ चैत २५ सोमबार १९:५३ बजे

काठमाडौं । लोकसेवा आयोगले लिएको परीक्षाबाट १८ जना सहसचिवमा सिफारिस भएका छन् । जसमा विभिन्न सेवा तथा समूहतर्फ गरेर ११ जना खुला प्रतिस्पर्धाबाट र सात जना आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएका छन् ।

खुला प्रतिस्पर्धाबाट ११ जना सहसचिवमा सिफारिस हुँदा कतिपय शाखा अधिकृतबाटै सहसचिव सिफारिस भएका छन् । आन्तरिक प्रतिस्पर्धाबाट सिफारिस हुनेमा भने सबै उपसचिवबाट भएका छन् । सबैभन्दा बढी प्राविधिक सेवातर्फ ९ जना र दोस्रोमा प्रशासन सेवातर्फ ५ जना सिफारिस भएका हुन् । यस्तै न्याय सेवातर्फ ३ जना र परराष्ट्र सेवातर्फ १ जना सिफारिस भएका छन् ।

न्याय सेवा अन्तर्गत सरकारी वकील समूहतर्फ २ जना र न्याय समूहतर्फ एक जना सिफारिस भएका हुन्। खुलातर्फ प्रशासन सेवामा सिफारिस हुनेमा पहिलो नम्बरमा मुकेश डंगोल, दोस्रो नम्बरमा एकदेब अधिकारी र तेस्रो नम्बरमा सफल पोर्तेल सिफारिस भएका छन् भने महिलातर्फ नीता शर्मा र दलिततर्फ लक्ष्मीकुमार बिक सिफारिस भएका छन् ।

यस्तै खुलाको न्याय सेवाको सरकारी वकिलतर्फ पहिलो नम्बरमा विवेककुमार बराल र दोस्रो नम्बरमा श्रीधर अर्याल सिफारिस भएका छन् भने खुलाकै न्याय सेवाको न्याय समूहतर्फ अमित उप्रेती सिफारिस भएका छन् । खुलाको नेपाल परराष्ट्र सेवातर्फको दलितमा दिपक विक सिफारिस भएका छन् भने खुलाकै नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहतर्फ सौजन्य नेपाल सिफारिस भएका छन् ।

आन्तरिक प्रतिस्पर्धामा सहसचिव सिफारिस हुनेमा एक जना खुला बाहेक बाँकी सबै प्राविधिक सेवातर्फकै छन्। जसमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, वि एण्ड आ उपसमूहपतर्m सुरेशकुमार वाग्ले र लिला खतिवडा, जनरल उपसमूहतर्फ शंकर बुढाथोकी र राम पराजुली, इरिगेशन उपसमूहतर्फ सुरेन्द्र पौडेल, हाइवे उपसमूहतर्फ बुद्धरत्न तुलाधर, स्यानिटरी उपसमूहतर्फ हरिप्रसाद शर्मा र हाइड्रोपावर उपसमूहतर्फ सुरेन्द्र घिमिरे सिफारिस भएका छन्।सहसचिवमा सिफारिस भएका १८ जना सहसचिवलाई आयोगले नियुक्तिका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिसकेको छ । सम्बन्धित मन्त्रालयले अब नियुक्ति दिएर रिक्त रहेको स्थानमा पदस्थापन गर्नेछ।

हेर्नुस् सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७