कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल


१२:२० बजे

धनकुटा । आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग यहाँ छलफल गरेको छ । मन्त्रालयको कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयको आयोजनामा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलसहित मन्त्रालयको टोलीबीच छलफल भएको हो ।

सचिवालयका निर्देशक कृष्ण शाहले कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्ष मनाउने कार्ययोजना बनाउन प्रदेशका सबै जिल्लामा छलफल सुरु गरिएको जानकारी दिए । कार्यक्रममा सचिवालयका सहसंयोजक भविनकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । छलफलमा धनकुटाका पर्यटकीय गन्तव्यलाई सूचीमा समावेश गर्न तथा सबै जिल्लालाई समान रूपमा कार्यक्रम वितरण गर्न सहभागीले सुझाव दिए । कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन वर्ष  मनाउन सबै जिल्लाबाट आएका सुझावलाई समेटेर कार्ययोजना निर्माण गरिने बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७