एकीकृत समाजवादीको कार्यालय तोडफोड, सामान निकालेर जलाइयो


२०८१ चैत १५ शुक्रबार १२:२५ बजे

काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन्। कार्यालयबाट सामान निकालेर आगो समेत लगाएका छन् । तीनकुनेमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीले आलोकनगरस्थित नेकपा एसको कार्यालय तोडफोड गरेका हुन् ।

पार्टीका नेताहरू समाजवादी मोर्चाको प्रदर्शनका लागि भृकुटीमण्डपमा रहेका बेला तोडफोड भएको हो । अहिले प्रदर्शनकारीले समाजवादीको कार्यालयमा ढुंगा हानिरहेका छन् । त्यसअघि कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजानी भएको थियो ।

तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका थिए । यस प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं छन् । राजावादीहरूले तीनकुने क्षेत्रका घरमा तोडफोड गर्नुका साथै आगो पनि लगाइदिएका थिए । प्रहरी बिटलगायत धेरै सार्वजनिक संरचना समेत तोडफोड गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७