पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक


०१:०९ बजे

काठमाडौं । समाजवादी मोर्चाको बैठक नेकपा (माओवादी केन्द्र) को पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको छ। बैठक भर्खरै सुरू भएको हो ।

संविधान, गणतन्त्र र संघीयताविरूद्ध राजावादी शक्तिहरू चलमलाएको भन्दै यसको रक्षा र प्रवद्र्धनबारे बैठकमा छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ । गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गर्दा दुई जनाको ज्यान गएको थियो ।

प्रदर्शनका क्रममा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको प्रहरीको गोली लागि मृत्यु भएको थियो । यस्तै एक निजी घरमा लगाइएको आगोमा परेर एभिन्युजका भिडियो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । आन्दोलनकारीहरूले आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय, एकीकृत समाजवादीकै जिल्ला कार्यालय, तीनकुनमा रहेको दुईवटा निजी घर, सञ्चारगृह, कोटेश्वरमा रहेको जडिबुटी कारखानामा तोडफोड र आगजनी गरेका थिए ।

राजावादीहरूले १४ वटाभन्दा बढी सार्वजनिक सवारीसाधनमा आगजनी गरेका थिए । समाजवादी मोर्चाले यसबारे छलफल गर्ने र निर्णय गर्ने जानकारी दिएको हो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व राजालाई अब छाडा छाड्न नसकिने अभिव्यक्ति दिंदै आएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७