प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


०१:०२ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ ।

हिजो साँझ प्रधानमन्त्रीले गणतन्त्रवादी दलहरुको वैठक आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीले सो वैठकमा पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता, राजावादीहरुले काठमाडौं तीनकुनेमा घटाएको घटना, तोडफोड र आगजनीका विषयमा गणतन्त्रवादी दलका शीर्ष नेताहरुको धारणा बुझेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७