मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बसौं : रवि लामिछाने


२०८१ चैत ८ शुक्रबार १९:५७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू सरकारको लाज छोप्नका लागि अदालत धाइरहेको टिप्पणी गरेका छन् ।  आज (शुक्रबार) उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी मागको आदेश बदर गर्न निवेदन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारको लाज छोप्नका लागि आफू अदालत धाइरहेको बताएका हुन् ।

‘सरकार अहिले नाङ्गिएको हुनाले लाज छोप्नका लागि म अदालत घुमिरहेको छु । सरकारको लाज छोप्दिनु पर्नेछ । म ठाउँ–ठाउँमा पुग्नुपर्नेछ । समय आउँदैछ । सबैलाई तयार हुनका लागि भन्न चाहन्छु । गेट रेडी फर द रेभुलेसन,’ उनले भने । त्यस्तै, दुई तिहाइको सरकारले समस्याको समाधान गर्ने बाचा गरे पनि कुनै विषम परिस्थिति बिना नै मिलेको हुँदा यसले भयावहको स्थिति निर्माण गर्नेबारे पनि संसदमा बोलेको बताए ।

‘दुई तिहाइको सरकार छ । दुई तिहाइको सरकारले देशको तमाम समस्या समाधान गर्नुपर्ने थियो । के बाचा गरेको थियो,’ उनले भने, ‘एउटै कुरा स्मरण गराउन चाहन्छु । मैले संसदमा जब दुई ठूला राजनीतिक दलहरू बिना कुनै विषम परिस्थितिमा मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति भयावह हुन्छ तपाईंहरूलाई अन्दाज छ भनेर भनेको थिएँ । त्यही स्मरण गराउन चाहन्छु ।’

उनले आफू बोले दुई तिहाइको सरकारलाई अप्ठ्यारो पर्ने पनि उनले बताएका छन् । सञ्चारकर्मीले रवि लामिछाने र राजावादीको प्रदर्शनबारे पनि प्रश्न गरेका थिए । त्यसमा उनले आफू कुनै आवेग र उत्तेजनामा आएर अभिव्यक्ति नदिने जबाफ दिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७