राजावादीले जलाए रास्वपा प्रमुख सचेतक परियारको गाडी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाइएको छ । परियार शुक्रबार दिनभर संसदको काम कारबाहीमा संलग्न थिए । बेलुकी भक्तपुरस्थित घर फर्किदै थिए । कफ्र्यु छल्न उनी भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै थिए ।
बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर जलाइ दिएका हुन् । परियारलाई गाडीबाट निकालेर राजावादी प्रदर्शनमा संलग्न युवाहरूले परियार चढ्दै आएको १३८२ नम्बरको गाडी जलाइ दिएका हुन् ।