जिसस काभ्रेका प्रमुख गौतम पक्राउ


२०८१ चैत १३ बुधबार १०:२८ बजे

काभ्रे । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको पाइएको बताइएको छ ।

उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट काभ्रेको जिसस प्रमुख बनेका थिए । विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो । रकम भुक्तानी दिनुपर्ने व्यक्तिहरुलाई राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा रहेको खाताको चेक काटेका कारण उनीविरुद्ध त्यहाँ मुद्दा दायर भएको हो ।

काठमाडौंमा उनले जारी गरेका तीन चेकमध्ये सबैसँग मिलापत्र भएको गौतमले प्रहरीसमक्ष दाबी गरेका छन् । तर, उक्त अभिलेख प्रहरीलाई बुझाउन सकेनन् । उनले गरेको खराब आर्थिक कारोबारका कारण बैंकिङ अभिलेखमा उनी कालोसूचीमा परेका छन् । बैंकमा खाता खोल्न नमिलेपछि आइसीएफसी फाइनान्स, बनेपाको खाताबाट रकम कारोबार गर्दै आएका थिए । सोही खातामा जिल्ला समन्वय प्रमुखको हैसियतले पाउनुपर्ने तलब र सुविधा जम्मा हुने गरेको थियो । अहिले उक्त खाता पनि कालोसूचीमा परी खाता रोक्का रहेको प्रहरीले जनाएको छ ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७