ट्रम्पले गरे शिक्षा विभाग खारेज आदेश


२०८१ चैत ८ शुक्रबार १२:५० बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। चुनावमा गरेको प्रतिबद्धताअनुसार उनले बिहीबार यो आदेशमा हस्ताक्षर गरेका हुन् । कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले शिक्षा विभागले अमेरिकालाई कुनै पनि फाइदा गरेको भन्दै जतिसक्दो छिटो बन्द गर्ने बताए ।  लामो समयदेखि यो विभाग खारेज गर्न माग गर्दै आएका थिए । तर विभागलाई पूरै बन्द गर्न भने ट्रम्पलाई सजिलो छैन । 

उनको कार्यकारी आदेश कार्यान्वयनमा जानका लागि अमेरिकी संसदले स्वीकृति दिनुपर्छ । ट्रम्पको यो कदमको पहिले नै कानूनी चुनौतीको सामना गर्नु परिरहेको छ जसले विभाग बन्द हुने र गत हप्तामा घोषणा गरिएको कर्मचारीहरूको भारी कटौतीलाई रोक्ने प्रयास गरिरहेका छन् । ट्रम्पले अरु देशको तुलनामा अमेरिकाले शिक्षामा धेरै खर्च गरिरहेको तर उपलब्धि कम भएको बताउने गरेका छन् । अमेरिकी शिक्षा विभागले क्याम्पस तथा विश्वविद्यालयका विद्यार्थीका लागि ऋणको व्यवस्थापन गर्ने र शारीरिक रुपमा अशक्त विद्यार्थी सहयोग दिने गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७