समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरु

कुन रुटमा कुन नेताले गर्दैछन् नेतृत्व ?


२०८१ चैत १५ शुक्रबार ११:१३ बजे

काठमाडौं । समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू भएको छ । काठमाडौंको तीनकुनेमा राजावादीहरूले र भृकुटीमण्डपमा समाजवादी मोर्चाले विरोध सभा गर्दैछन् । राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरूप मोर्चाले प्रदर्शन गरेको जनाएको छ ।

समाजवादी मोर्चाको जुलुस कोटेश्वर, कुपण्डोल, कालिमाटीलगायतका स्थानबाट निस्केर  भृकुटिमण्डप पुगेर सभामा परिणत हुनेछ । यसैगरी राजतन्त्रवादीहरूले पनि विभिन्न स्थानबाट जुलुश प्रदर्शन गरिरहेको छ । अहिले उपत्यकाका विभिन्न क्षेत्रबाट भृकुटीमण्डपका लागि जुलुस निस्किएका छन् । जुलसको नेतृत्व मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू समेतले गरेका छन् ।

कोटेश्वर हुँदै पूर्वबाट आउनेहरू बबरमहलमा जम्मा हुनेछ । जसको नेतृत्व माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरू गिरिराजमणी पोखरेल, मातृका यादव लगायतले गर्नेछन् । ललितपुर हुँदै दक्षिणबाट आउनेहरू कुपण्डोलमा जम्मा भएर अघि बढ्ने कार्यक्रम तय भएको छ । जसको नेतृत्व माओवादी नेतृ पम्फा भुसाल, यशोदा सुवेदी, जयपुरी घर्ती लगायतले गर्दैछन् ।

कलंकी हुँदै पश्चिमबाट आउनेहरू त्रिपुरेश्वरमा जम्मा हुनेछन् । यो समूहको नेतृत्व माओवादी उपमहासचिव जनार्दन शर्माले गर्दैछन् । उनीसँगै अञ्जना विसंखे, शालिकराम जम्मकट्टेल, देवेन्द्र पराजुली लगायत हुनेछन् । त्यस्तै, बालाजु हुँदै उत्तर पश्चिमबाट आउनेहरू सोह्रखुट्टेमा जम्मा हुँदैछन् । जसको नेतृत्व शक्तिबहादुर बस्नेतले गर्नेछन् । उनीसँर्ग चक्रपाणी खनाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ लगायतका नेता हुनेछन् ।

यता राजतन्त्रवादीहरूको आन्दोलनको नेतृत्व राप्रपाका नेता दुर्गा प्रसाईलाई दिइएको छ।   राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी प्रसाईलाई दिएको हो । गणतन्त्रवादी र राजतन्त्रवादीले एकै दिन प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमाण्डमा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । तीनकुने–नयाँ बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले नियमित ड्युटीमा खटिनेबाहेक सो संख्यामा प्रहरी परिचालन गर्न लागिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले बताएका छन् । उपत्यका प्रहरी कार्यालयले प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले सुरक्षा कमाण्डको नेतृत्व,तीनकुनेमा बानेश्वर, गौशाला वृत्तका डीएसपी, प्रदर्शनीमार्गमा जनसेवा, दरबारमार्ग र सिंहदरबार वृत्तका डीएसपी खटिने छन् । अधिकांश स्थानमा ट्राफिक प्रहरीले चेकिङलाई कडा बनाइएको छ । आजको प्रदर्शनलाई दुवै पक्षले शक्ति प्रदर्शन गर्ने जनाएका छन् । समाजवादी मोर्चाले एक लाख बढी मानिस उर्ताने जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७