प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के–के छन् एजेण्डा ?


२०८१ चैत ४ सोमबार १८:१४ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा नेपाल प्रहरीमा आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन् । आईजीपी कुँवर अवकाशमा जाने भएपछि आज बस्ने मन्त्रिपरिषद बैठकले नयाँ आईजीपी नियुक्त गर्ने बताइएको छ । प्रहरीको ३१ औं आईजीपीको दाबेदारमा एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धी छन् ।

थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख र र तामाङ उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा छन् । एआईजी ३ जना नै २०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७