प्रचण्डको अभिव्यक्ति देशलाई हिंसामा धकेल्ने खालको : धवल शमशेर राणा


२०८१ चैत २ शनिबार १४:४१ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः  देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ । यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७