मन्त्री पाण्डेलाई कारबाही गर्न माग गर्दै कांग्रेसकै सांसद बजगाईले दिए उजुरी

काठमाडौं । पर्यटनमन्त्री बद्री पाण्डेलाई कारवाही माग गर्दै नेपाली कांग्रेसको अनुशासन आयोगमा उजुरी परेका छ । कांग्रेसकै सांसद राजेन्द्र बजगाईले मन्त्री पाण्डेलाई कारबाहीको माग गर्दै पार्टी अनुशासन आयोगमा उजुरी दिएका हुन् । पाण्डेमाथि बजगाईले विभिन्न चार आरोप लगाएका छन् ।
मन्त्री पाण्डेले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको विचारधाराको पक्षपोषण गर्नुको साथै कांग्रेसको सिद्धान्त, संविधान र राष्ट्रिय हितविपरीत बोलेको बजगाईले आरोप लगाएका छन् ।
हेर्नुस् आरोपसहितको उजुरी