पूर्व विशिष्टलाई सुविधाको कुनै तयारी छैन, हल्लाको पछि नलागौं : मन्त्री सिंह


२०८१ चैत १ शुक्रबार २३:१२ बजे
फाइल फोटो

पाल्पा । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तक्र्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको पनि बताए । यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उनको भनाइ छ । ०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्व विशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएका थिए ।

अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणमा सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रष्ट पारे । सरकारविरूद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइएको भन्दै यथार्थ बुझ्नुपर्नेमा जोड दिए ।

त्यस्तै, सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त  भएको भन्दै  कसैले किस्तीमा राखेर नदिएको  बताए । प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिरहेको सिंहको दाबी छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७