हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य


२०८१ चैत १ शुक्रबार १८:०८ बजे

काठमाडौं । युगाण्डामा जारी वुमेन्स डे कप टी–२० आई सिरिजमा हङकङले नेपाल सामु १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको हो । हङकङका लागि सान्जिन सहजादले ५४ रन बनाइन् । 

नेपालका लागि राजमती ऐरीले ३, क्याप्टेन इन्दु बर्माले २ तथा पूजा महतो र ईश्वरी विष्टले समान एक विकेट लिए। फाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सिरिजमा यसअघि खेलेका ५ मध्ये ४ खेलमा हार व्यहोरेको छ। ५ मध्ये ३ मा जित निकालेको हङकङ भने नेपालविरुद्ध जारी खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा हुनेछ।  हङकङले नेपालविरुद्धको पहिलो खेलमा भने २ रनको जित निकालेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७