पूर्व विशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक : डा. कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राज्यका पूर्व विशिष्ट पदाधिकारीहरूलाई सरकारले आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेकोमा आक्रोश व्यक्त गरेका छन् । उनले पूर्व विशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक रहेको बताएका छन् ।
सरकारले पूर्व विशिष्टलाई कानुन संशोधन गरेर आजीवन सुविधा दिन लागेका विषयमा समाचार आएपछि शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा राख्दै नेता कोइरालाले यस्ता कामले व्यवस्था र दलहरूको हित नगर्ने बताए । उनले सरकारको यस्तो कदमलाई ‘विनास काले विपरित बुद्धि’ भन्दै टिप्पणी गरेका छन् ।
‘सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुष्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा, यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाऊ, बरु अहिले दिइएको सुविधा पनि घटाऊ,’ कोइरालाले भनेका छन् ।