नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन


२०८१ फाल्गुण १६ शुक्रबार १८:०८ बजे

काठमाडौं । नेपालकै पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । आज (शुक्रबार) बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो । श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् ।

‘उहाँको देहावसान भएकोबारे हामीलाई औपचारिक जानकारी भएको छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले भने, ‘परिवार र आफन्तहरुले बेलुकी पशुपति आर्यघाटमा अन्त्येष्टी हुने जानकारी गराउनु भएको छ।’ बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् ।

सघन उपचारकक्ष (आईसीयु) मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमै उपचाररत रहँदा निधनको खबर आएको सूचना अधिकारी पाण्डेले बताएका छन् । उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् । ८४ वर्षको उमेरमा उनको निधन भएको हो । उनी ललितपुरको महर्जन परिवारमा जन्मिइन् । काठमाडौँका शंकरमान श्रेष्ठसँग प्रेम विवाह भयो ।

२०२२ सालमा नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरेकी शारदाले कृष्णप्रसाद भण्डारीको ‘नेपाल ल फर्म’बाट वकालत अभ्यास थालेकी थिइन्, जहाँ कृष्णप्रसाद पन्त, लवदेव भट्ट र कुसुम श्रेष्ठ पनि भेटिन्थे । त्यसपछि केही समय उनले हप्ताको ३ दिन भूमिसुधार विशेष अदालत, ललितपुर र हप्ताको ३ दिन भूमिसुधार विशेष अदालत, भक्तपुरमा पनि काम गरिन् । उनी त्यहाँ काम सिक्न गएकी थिइन् ।  ती दुवै अदालतमा जनकमान श्रेष्ठ न्यायाधीश थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७