उपेन्द्रको चेतावनी : सांसद खरिद–विक्री गरी अध्यादेश पारित गर्न खोजिए जनआन्दोलनमा जान्छौं


२०८१ फाल्गुण १६ शुक्रबार २२:४३ बजे
फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू खरिद–ब्रिकी गरेर भूमि अध्यादेश पारित गराउनेतिर सरकार गए आफूहरू जनआन्दोलनमा जाने चेतावनी दिएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

‘सरकारले यो अध्यादेश (भूमि) फिर्ता लिओस् । हैन सांसद खरिद बिक्री गरेर यो पास गराउँछ भने हामी जनताकोमा जान्छौं र जनआन्दोलनको बाटो पक्रन्छौं, यो स्पष्ट भए हुन्छ,’ उनले भने । उनले सुकुमवासीको समस्या पहिचान गरेर सधैंका लागि समस्या समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले सरकारलाई स्पष्ट भनेका छौं यो अध्यादेश दाउपेज, जालझेल, सांसद खरिद बिक्रि गरेर अहिले माफियाहरुले भन्छन् रे कति करोड अर्ब चाहिन्छ सांसद किन्नुस् र पास गर्नुस् भनेको सुन्दैछु । त्यो धन्दामा लाग्नुजस्तो देशघाती काम कहिल्यै हुँदैन । सरकारले फिर्ता लिए हुन्छ विगतमा पनि धेरै अध्यादेश फिर्ता लिएको इतिहास छ ।’ ‘धेरैवटा अध्यादेश विगतमा सरकारले फिर्ता लिएका छन् । सुकुमवासी भूमिहीनको पहिचान गरौं, समस्या समाधान कसरी गर्ने विज्ञ राखेर बहस गरौं र वैज्ञानिक बाटो अपनाएर सधैंका लागि समस्या समाधान गरौं,’ उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७