बालुवाटार जानुअघि देउवाले बोलाए शीर्ष नेताहरुको बैठक


२०८१ फाल्गुण १६ शुक्रबार १७:५८ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन्। आज (शुक्रबार) अपराह्न ४ बजे बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ । पदाधिकारी र पूर्व पदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ ।

बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ। कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ।

‘संसदमा पेश भएका विधेयकलाई समयमै पारित गराउन कांग्रेसले सक्रियता लिने बारेमा छलफल हुन्छ । पार्टीको सांगठनिक सुदृढीकरण छलफलको एजेण्डा छ,’ मुख्य सचिव पौडेलले, ‘भ्रातृ संस्थाको अधिवेशन समयमै गराउन छलफल हुन्छ ।’ शीर्ष नेताको बैठकमा जारी भएका अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने जनाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन।आजै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बस्दैछ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् ।

आजको बैठकमा पछिल्ला समसामयिक विषयहरूमाथि छलफल हुनेछ । सरकारले सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरे पनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन । जनता समाजवादी पार्टी नेपालले मंगलबार संसदीय दल बैठकबाट भूमिबाहेक अन्य अध्यादेश स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको छ । सत्ता पक्षलाई जसपा नेपालको साथ बिना राष्ट्रिय सभामा बहुमत पुग्दैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७