कुम्भमेलाका ‘भाइरल’ मोनालिसा रौतहटको मधानी महोत्सवमा
रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौराधामस्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागी हुन परौराधाम पुगेका ती कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन् ।

भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेसहित कुम्भ मेलाको ‘भाइरल गर्ल’ मोनालिसासहितका कलाकारले शिवमन्दिरमा दर्शन गरेका हुन् ।
यसैगरी भोजपुरी कलाकार मिंटुवा, भोजपुरीका गायक सुनिल पंडित, गायिका अनु चौधरी, नेपाली कलाकार गौरभनारायण राईसहित स्थानीय कलाकारको मधानी महोत्सवमा विशेष सहभागिता रहेको छ । यी कलाकारहरुले आज आयोजना भएको मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो कलाको प्रदर्शन गरिरहेका छन्। पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रत्येक बर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ ।
.gif)

.png)

