पाथीभरामा केबलकार निर्माण तत्काललाई स्थगित, वार्तामा आउन आह्वान


२०८१ फाल्गुण १२ सोमबार २२:०० बजे

काठमाडौं । ताप्लेजुङको धार्मिकस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्य तत्काललाई स्थगन गरिने भएको छ । केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीद्वारा आज जारी विज्ञप्ति अनुसार केबलकार निर्माण हाललाई स्थगन गरिएको हो ।

वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा समस्याको समाधान वार्ता र संवादबाट गर्ने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन पनि आह्वान गरिएको छ ।

‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउनुहुन हार्दिक अपिल गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा विवाद उत्पन्न भई तनाव सिर्जना भएपछि गृह मन्त्रालयले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो । पाथीभरा क्षेत्रमा केबलकार बनाउन हुँदैन भनेर आन्दोलन बढ्दै गएपछि सरकारले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोली र आन्दोलन पक्षबीच पटक-पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७