युक्रेनको शान्तिका लागि कुर्सी छाड्न तयार छु : जेलेन्स्की

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनको नेटो सदस्यता अथवा शान्तिका लागि आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा उनलाई शान्तिका लागि पद छाड्न तयार हुनुहुन्छ भनेर र सोधिएको प्रश्नमा भने, ‘तयार छु।युक्रेनको शान्तिका लागि हो भने खुसीखुसी छाड्छु । यदि मैले यो कुर्सी छाड्नु पर्ने हो भने म तयार छु र म नेटोको सदस्यताका लागि पनि यो कुर्सी साट्न तयार छु ।’ जेलेन्स्कीले डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बताएका छन् ।
यसअघि उनले आफूले राज्य नबेच्ने भन्दै सो प्रस्ताव खारेज गरेका थिए । युक्रेनलाई अहिले सुरक्षा ग्यारेन्टी चाहिएको भन्दै थपे, ‘हामी अमेरिकासँग खनिजका विषयमा कुरा गर्न तयार छौं । तर, अमेरिकाले पुटिनलाई युद्ध अन्त्य गर्न मनाउनु पर्छ ।’ ट्रम्पले आफूलाई तानाशाह भनेको पनि दुःखमनाउ नभएको उनको भनाइ छ । ‘म ट्रम्पको शब्दलाई प्रशंसा भन्दिनँ । तर म रिसाइनँ । तानाशाह भए रिसाउँथ्यो,’ उनले मुस्कुराउँदै भने ।