दुई सचिव बिदा गर्दै स्वास्थ्यमन्त्रीले भने–म रहुञ्जेल तपाईंहरू सल्लाहकार


२०८१ फाल्गुण ११ आइतबार ०३:४५ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राविधिक सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको बिदाई गरिएको छ । दुवै जना विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेर आजदेखि अवकाश पाएका हुन् । 

मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सचिवद्वय डा. पोखरेल र डा. सिंहलाई माला, मायाको चिनो र ढाकाटोपी लगाएर बिदाई  गरे । बिदाइ कार्यक्रममा मन्त्री पौडेलले दुवै सचिवलाई सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गर्दै उनीहरुको अनुभव र दक्षताको सदैव खाँचो हुने बताए । 

उनले भने, ‘अनुभव, दक्षता र क्षमताका आधारमा दुवै जनाले स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउनु भएको छ । औपचारिक पदबाट बिदा हुनुभएको छ तर अनुभव र दक्षता आवश्यक परिरहन्छ । म रहुञ्जेल तपाईहरु मेरो सल्लाहकार ।’ सचिवद्वय पोखरेल र सिंह दुवै जना २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ (१२औं तह) मा बढुवा भएका थिए । डा. पोखरेल २०७८ साउन ४ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७