अस्थिरताका हिमायतीहरू कांग्रेस–एमाले सहकार्यविरुद्ध भ्रमको खेतीमा : शंकर पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणविरुद्ध अनेक खालका भ्रामक प्रचार भइरहेको बताएका छन् ।
सत्ता समीकरणविरुद्ध जस्तोसुकै भ्रम फिँजाए पनि त्यस्ता शक्तिको अभीष्ट पुरा नहुने धारणा पोखरेलले राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले कांग्रेस–एमालेको सहकार्य रहर नभएर राजनीतिक परिस्थितिको उपज भएको उल्लेख गरेका छन् । दुई ठूला राजनीतिक दलबीचको सत्ता समीकरणले त्यस्ता तत्वहरू विचलित भएको पोखरेलको ठम्याई छ ।
‘सात बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन्, उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पुरा हुने छैन, हुन दिइने छैन किनकी सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो’, पोखरेलले लेखेका छन् ।