संसदमा रास्वपा सांसदको प्रश्न : दलितले प्रेम गरेकै कारण कहिलेसम्म मारिनु र उठिबास हुनुपर्ने ?
2024-09-10-15-16-45.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक तथा सांसद सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानून बनाएर समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिक दलप्रति आफूहरूको विश्वास टुटिसकेको पनि बताए । उनले भने, ‘यो राज्य संविधान मान्दैन । राज्यले अन्याय गर्छ । राजनीतिक पार्टीसँग त हाम्रो विश्वास टुटिसक्यो । यो सदनमा हरेक वर्ष दलितमाथि हुने जातीय विभेदविरुद्ध सरकारलाई ठोस कानून बनाएर अघि बढ्न म आग्रह गर्छु ।’
हरेक वर्ष अन्तरजातीय विवाह गरेको र प्रेम गरेकै कारण उठिबास लगाउने काम भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए । उनले भने, ‘हाम्रा सबै प्रयत्नबाट संविधान निर्माण गर्यौं । तर, आज हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरे बापत मारिनु पर्ने ? प्रेम गरेका कारण दलितहरू उठिबास लाग्नुपर्ने ? राज्यका संयन्त्रहरू दलितका अधिकार कुल्चिन प्रयोग हुनुपर्ने ?’