कुम्भमेला जाँदै गरेका मालिकार्जुन गाउँपालिकाका कर्मचारी अवस्थीको दुर्घटनामा मृत्यु


२०८१ माघ २८ सोमबार ११:२९ बजे

दार्चुला । कुम्भ मेला जाँदै गरेका मालिकार्जुन गाँउपालिकामा कार्यरत एक कर्मचारीको भारतमा गाडीको ठक्करबाट मृत्यु भएको छ । मालिकार्जुन गाउपालिका–५ डाडाकोट निवासी गाँउपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश अवस्थीको आइतबार मृत्यु भएको मालिकार्जुन गाँउपालिकाले जनाएको छ ।

मालिकार्जुन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाका अनुसार भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन जाँदै गरेका अवस्थीको लखनऊमा गाडीले ठक्कर दिएर मृत्यु भएको हो ।

आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भइ अस्पताल लगेका अवस्थीलाई डाक्टरले मृत घोषणा गरेको पारिवारिक स्रोतले बताएको छ । गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख अवस्थीको मृत्यु भएपछि सोमबार गाँउपालिकामा शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले जानकारी दिए ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७