भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह

‘युद्ध, सेना र हिंसा समाधान होइनन्’


१७:३१ बजे
Photo Credit : Getty Images

काठमाडौं । अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण रोक्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गरेकी हुन् ।

पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। मध्य पूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि समाधान निस्कँदैन ।’ उनले थपिन्, ‘युद्ध, सेना र हिंसा समाधान होइनन् । नयाँ विचार र कूटनीति नै पुस्तौंदेखि चल्दै आएको हिंसा र समस्या रोक्ने एक मात्र समाधान हो ।’

अमेरिकी मध्यस्ताबारे के भनिन् ?
भारत र पाकिस्तानबीच मध्यस्थताको प्रश्नमा ट्यामी ब्रुसले भनिन्, ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक वा कुनै पनि स्तरमा कुरा गरिरहेका हुन्छन्, तब हामी यसको जानकारी साझा गर्दैनौं । यो हाम्रो नीति हो ।’

उनले भनिन्, ‘हामीलाई लाग्छ– जब नेताहरूले व्यक्तिगत स्तरमा कुरा गरिरहेका हुन्छन्, त्यसका विवरण मिडियामा सार्वजनिक गर्नु जरुरी हुँदैन ।’ यद्यपि, ट्यामी ब्रुसले भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको न त पुष्टि गरिन् न अस्वीकार ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग फोनमा कुराकानी गरेको जानकारी पनि दिइन् । यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरे । उनले प्रत्यक्ष वार्तामा पनि जोड दिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७