अनेरास्ववियुको २४ औं महाधिवेशन जेठमा


०९:४९ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा गर्ने भएको छ । सोमबार बसेको दोस्रो स्थायी कमिटी बैठकले जेठ १ देखि ४ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिककुमार बडालले जानकारी दिए ।

उनकाअनुसार महाधिवेशनको स्थान भने तोकिएको छैन । यसअघि महाधिवेशन चैतभित्र गर्ने निर्णय भएको थियो । तर चैतमा स्ववियु निर्वाचन हुने भएकाले जेठ १ गतेको विद्यार्थी दिवसका दिन अधिवेशन उद्घाटन गर्ने गरी तालिका निर्धाण गरिएको उनले बताए । ‘जेठ गर्मीको समय पनि भएकाले काठमाडौं या चितवनमध्ये एक स्थानमा नै गर्ने कुरा हुन्छ । तर स्ववियु निर्वाचनपछि केन्द्रीय कमिटी बैठक बसेर महाधिवेशनको स्थान र कार्यसूची तय गर्छौं,’ उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७