भीम रावलको ‘पछि’ लागेको भन्दै प्रदेश सदस्यसहित पाँच जना एमालेबाट निष्काशित


२२:४६ बजे

धनगढी । सत्तारुढ नेकपा एमाले सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय रहेको भन्दै प्रदेश सदस्यसहित पाँच जना नेतालाई निष्काशित गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश सचिवालय बैठकले प्रदेश कमिटी सदस्य जंगबहादुर बिकसहित पाँच जना नेतालाई निष्कासित गरेको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पार्टीबाट निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन् ।

उनीहरूमध्ये खड्काले यसअघि चित्तबुझ्दो जवाफ दिएकोले कारवाही नगरिएको तर पुनः रावलको अभियानमा संलग्न देखिएकोले निष्कासन गरिएको एमालेले जनाएको छ । यस्तै, प्रदेश सदस्य बिकले स्पष्टीकरण नदिएको, अन्य तीन जनालाई ३-३ महिनाका लागि निलम्बन गरिएकोमा रावलको अभियानमा संलग्न भएर पार्टी र नेतृत्वविरूद्व लागेको देखिएकोले निष्कासन गरिएको सचिव चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई प्रदेश कमिटीको पाँचौ सचिवालय बैठकले विधानको धारा ८१ को उपधारा (१) बमोजिम कारवाही गर्ने निर्णय गरेको हो । कारवाहीमा परेका सबै नेता रावलको गृह जिल्ला अछामको साफेबगर नगरपालिकाका बासिन्दा हुन्। एमालेबाट निष्कासन परेका पूर्वउपाध्यक्ष रावलले मातृभूमि जागरण अभियान चलाइरहेका छन् ।

हेर्नुस् विज्ञप्ति 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७