न्याय परिषद सदस्यमा खड्काको नाम अनुमोदन


२१:५० बजे

काठमाडौं । न्याय परिषदको सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । आज (आइतबार) सिंहदरबारमा बसेको समितिको बैठकले खड्काको नाम अनुमोदन गरेको हो ।

बैठकको निर्णय सुनाउँदै संसदीय सुनुवाई समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा सिफारिस भएका दामोदर खड्काको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको जानकारी गराइन् । समितिको बैठकमा आफ्नो कार्य विवरण प्रस्तुत गर्दै न्याय परिषद् सदस्यमा सिफारिस खड्काले समाजका सबै अग अवयवहरुले राम्रो कुरालाई अघि ल्याउनुपर्ने बताए । उनले छिटो छरितो न्याय सम्पदानका लागि न्याय परिषद्को तर्फबाट पहल र सहजीकरण गर्ने बताए ।

नेपाल बार एसोसिएसनले संसदीय सुनुवाईको लागि न्याय परिषद्को सदस्यमा खड्काको नाम सिफारिस भएको पत्र समितिलाई पुसको २९ गते पठाएको थियो । न्याय परिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ । ती दुई सदस्यमध्ये एकजना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एशोसिएशनको सिफारिसमा नियुक्त हुने व्यवस्था रहेको छ । न्याय परिषद्का सदस्यको पदावधि चार वर्षको हुने संवैधानिक प्रावधान छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७